एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

पपुलिज्मको ‘वान लाइन सोलुसन’ले देश गुमराह हुन्छ : सचिन तिमल्सिना

826
shares

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिज्म) ले देश निर्माण सम्भव नहुने बताउनुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित चुनावी कार्यक्रममा उहाँले आफूहरू स्पष्ट वैचारिक आधार र ठोस आर्थिक योजनासहित निर्वाचनमा होमिएको बताउनुभयो । उहाँका अनुसार क्षणिक नाराभन्दा दीर्घकालीन सोच र नीतिगत बहस देशका लागि आवश्यक हुन्छ ।

तिमल्सिनाले विश्व राजनीतिमा फैलिएको पपुलिज्मको प्रभावले गम्भीर नीतिगत छलफललाई कमजोर बनाएको उल्लेख गर्नुभयो । ‘वान लाइन सोलुसन’को नाममा जटिल विषयलाई सरल देखाएर जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढेको भन्दै उहाँले यस्तो राजनीति अन्ततः देश निर्माणभन्दा सत्ता प्राप्तिमै सीमित हुने दाबी गर्नुभयो ।

उहाँले आफू सत्ता प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ साझा भविष्यको सपना साकार पार्न मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो । कांग्रेसले युवालाई अवसर दिएको र नयाँ पुस्तालाई अगाडि ल्याउन पार्टी तयार रहेको उहाँको भनाइ छ ।

तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचारधारा र कांग्रेसको ऐतिहासिक विरासतले आफूलाई अघि बढ्ने साहस दिएको उल्लेख गर्नुभयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले सामाजिक सञ्जालको आलोचनाबाट डराएर नेतृत्व पछि हट्न नहुने बताउनुभयो ।

देश परिवर्तनको जिम्मेवारी र अधिकार नेपाली कांग्रेससँग रहेको दाबी गर्दै उहाँले विगतमा उठेका युवाका प्रश्न र सुशासनसम्बन्धी असन्तुष्टिलाई पार्टीले आत्मसात् गरेको बताउनुभयो । जनआन्दोलनको भावना अंगीकार गर्दै पार्टीलाई रूपान्तरणको दिशामा अघि बढाइएको उहाँको भनाइ छ ।

काठमाडौं–४ ले अतीतमा प्रभावशाली नीति निर्माता दिएको स्मरण गराउँदै तिमल्सिनाले अब आफू प्रभावकारी र अब्बल सांसद बनेर देखाउने प्रतिबद्धता जनाउनुभयो ।