एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

वैदेशिक रोजगारीमा पठाउने भन्दै ६५ लाख ठगी, चार जना पक्राउ

651
shares

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिकाका धर्मप्रसाद राई, काठमाडौँको तार्केश्वर नगरपालिकाकी निमा डोल्मा लामा, झापाकै अर्जुनधाराका गोविन्दप्रसाद निरौला र गोरखाको गण्डकी गाउँपालिकाका सुरजबहादुर श्रेष्ठ छन् ।

पक्राउ परेकामध्ये राईले अस्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै सात लाख ५० हजार रकम उठाएका थिए ।

रकम उठाएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।