एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

विदेश भागेका १० अपराधीलाई इन्टरपोल समन्वयमा ल्याइयो फिर्ता

756
shares

काठमाडौं । स्वदेशमा अपराध गरी विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ गरी फिर्ता ल्याएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो । तीमध्ये रेड नोटिस जारी भएका आठ जना र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस तथा तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।