एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

स्कोडा कायलाक नेपालमा सार्वजनिक, मूल्य ४५ लाख ९० हजार

287
shares

काठमाडौं । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाक औपचारिकरूपमा सार्वजनिक गरेको छ । कम्पनीको लिडरसिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीको उपस्थितिमा मंगलबार चन्द्रागिरि हिल्समा कायलाक सार्वजनिक गरिएको हो ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्तरूपमा कायलक सार्वजनिक गरेका छन् । कार्यक्रममा कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।

१७८ एनएम टर्क र ११५ बीएचपी पावर दिने टर्बोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित कायलाक आफ्नो सेग्मेन्टकै उत्कृष्ट प्रदर्शन दिने गाडीमध्ये भएको कम्पनीले जनाएको छ । कायलायको मूल्य नेपाली बजारमा ४५ लाख ९० हजारबाट सुरु छ ।

कायलाकलाई मनाङ, ढोरपाटन र ३ हजार ७५६ मिटर उचाइमा रहेको तीनजुरेजस्ता चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको छ, जसले वास्तविक अवस्थामा यसको क्षमतालाई प्रमाणित गरेको कम्पनीको दाबी छ । भारतमा सार्वजनिक भएको पहिलो वर्षमै कायलाक ५० हजारभन्दा बढी युनिट बिक्री भएको छ ।

कार्यक्रममा अध्यक्ष अग्रवालले स्कोडा कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण प्रदान गर्ने गाडी भएको बताए । ‘यो नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर इञ्जिनियर गरिएको छ, जहाँ यसको पावर वास्तवमै प्रयोग गर्न सकिन्छ,’ उनले भने ।