सिटिजन्स बन्यो नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक
२०८२ माघ २८ बुधवार ०७:१०
shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । बैंक र नेपाल क्लियरिङ हाउसबीच एनपीएस– नेसनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम, ईएफटी स्विचमार्फत नेपालपे कार्ड सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत सिटिजन्स बैंक, एनसीएचएलको ईएफटी सदस्यभित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ ।
अब सिटिजन्स बैंकको एटीएम र पीओएस टर्मिनलहरुमा नेपालपे कार्डका साथै डिस्कोभर, डिनर्स, पल्स जस्ता इन्टरनेसनल कार्डहरु पनि स्वीकार्य हुनेछन् । यससँगै बैंकका ग्राहकले छिट्टै नै एनसीएचएलबाट जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपालपे कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।

















