परिवर्तनको एजेन्डालाई पार्टीले मुख्य प्राथमिकतामा राखेको छ : उपसभापति वाग्ले
२०८२ माघ २४ शनिवार १४:५४
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले परिवर्तनको एजेन्डालाई पार्टीले सशक्त रूपमा अघि बढाएको बताउनुभएको छ । रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा शनिबार आयोजित ‘बृहत् एवं जेन–जी भेला’ कार्यक्रममा उहाँले पार्टीले परिवर्तनको मुद्दा उठाउँदै युवाको सक्रिय सहभागिता बढाएको उल्लेख गर्नुभयो ।
उपसभापति वाग्लेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई पुस्तान्तरणसँग जोडिएको महत्वपूर्ण निर्वाचनको रूपमा व्याख्या गर्नुभयो । लोकतन्त्रमा स्पष्ट बहुमत अनिवार्य हुने भन्दै उहाँले पार्टीलाई बहुमतसहित विजयी गराउन मतदातासँग अपिल गर्नुभयो ।
हाल रास्वपाको संगठन ७७ जिल्ला, ५५० पालिका तथा ३८ देशसम्म विस्तार भइसकेको जानकारी दिँदै उहाँले देशभर करिब तीन लाख सक्रिय सदस्य रहेको बताउनुभयो । पार्टीले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, सडक र हवाई पूर्वाधार, इन्टरनेट सेवा तथा ऊर्जालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँको भनाइ छ ।
















