एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

६ महिनामै साढे १० खर्ब रेमिट्यान्स आप्रवाह, विदेश जाने युवाको संख्या भने घट्यो

217
shares

काठमाडौं । विदेशमा रहेका नेपालीले ६ महिनामै साढे १० खर्बभन्दा बढी पैसा पठाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुुसार चालु आर्थिक वर्ष २०२÷३ को साउनदेखि पुससम्ममा १० खर्ब ६२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स ३९.१ प्रतिशतले बढेको छ । २०२ पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रेमिट्यान्स भित्रिएको छ । २०१ पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष २.७ प्रतिशतले बढेको थियो ।

पुससम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ८ खर्ब ३३ अर्ब ८६ करोड थियो । पुससम्ममा वैदेशिक रोजगारीका लागि २ लाख ६ हजार ८०७ युवाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ छ ।

बिदेसिनेको संख्या गत वर्षको पहिलो ६ महिनामा भन्दा घटेको छ । गत वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ थियो ।