विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीद्वारा जानकारी
२०८२ असोज २७ सोमवार ०७:१५
shares

काठमाडौं : नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले जानकारी गराएका छन्।
सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।
सो कुरा इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई अनौपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतले भन्यो, “जोशी जीवित नरहेको खबर प्राप्त भएपनि यद्देपि उनी अझै जीवितै छन् भन्ने आशा छ।’
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो।


















