काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

पोर्चुगलमा मनाइयो ७६औँ प्रजातन्त्र दिवस

1.18K
shares

काठमाडौँ । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन लिस्बन पुगेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा. अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उक्त अवसरमा परराष्ट्र सचिव राईले दूतावास स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै दूतावासले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सेतुको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै यसको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गरे ।

बिहीबार साँझ नेपाली दूतावासले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह आयोजना गरेको थियो ।