नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण
२०८२ असोज ६ सोमवार ०९:५५
shares

काठमाडौँ । नवनियुक्त चारजना मन्त्रीहरूले शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिनुभएको हो ।

महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, जगदिश खरेलले सञ्चार तथा सूचना मन्त्रालय, अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय र मदन परियारले कृषिमन्त्रीको शपथ लिनुभएको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति रहेको थियो ।


















