सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव
२०८२ भदौ २५ बुधवार १३:४२
shares

काठमाडौं । शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकले प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतका अनुसार, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’
सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।


















