एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

डा. भट्टद्वारा लिखित “आमा धरती, बाबु आकाश” कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

168
shares

काठमाडौँ । नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा डा. पुष्करराज भट्टद्वारा लिखित कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न विधामा संलग्न लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा डा. पुष्करराज भट्टद्वारा लिखित लघुकथा “आमा धरती, बाबु आकाश” पुस्तक सार्वजनिक गरिएको छ । पुस्तक सार्वजनिकका साथै डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदानसमेत गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिका साथै आजको कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो । सम्मानित स्रष्टा डा. हरिप्रसाद भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्व बारेमा शेखर अर्यालले प्रकाश पार्नु भएको थियो । उहाँले डा. भण्डारीको लेखन यात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा पु¥याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

समारोहमा विमोचित कृतिको बारेमा डा. शेखरकुमार श्रेष्ठले प्रकाश पार्नुभएकाे थियाे । उहाँले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो ।

प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि आफूले साहित्य क्षेत्रलाई सधैँ माया गरिरहने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने बताउनु भयो ।

समारोहमा दीपक लोहनी, नवराज रिजाल, डा।टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, ध्रुवराज थापा एवं शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो ।

काठमाडौँको पुतलिसडकस्थित ग्रिनलिफ फुडल्याडमा भएको उक्त कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो ।