“आवाज विहीनहरूको आवाज” मुल नाराका साथ सञ्चालित कार्यक्रम “सद्गमय सिजन–२” सम्पन्न
२०८२ असार ८ आइतवार १४:२३
shares

काठमाडौँ । संस्कृति एड्भरटाइजिङ प्रा. लिद्वारा निर्माण तथा एपीवान टेलिभिजनबाट प्रसारित “आवाज विहीनहरूको आवाज” मुल नाराका साथ सञ्चालित कार्यक्रम “सद्गमय”, सिजन–२ समापन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिपमा भएको समापन समारोहमा नेकपा एमालेका पूर्व प्रमुख सचेतक तथा पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा माओवादीका केन्द्रीय सदस्य माधव सापकोटा, एलआइसी नेपालका सिइयो प्रणय कुमार, पत्रकार गणेश बस्नेत, समीक्षक टिकाराम यात्री, विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्तित्वहरुका साथै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य, पत्रकार तथा समाजसेवी रमेश पौडेल प्रस्तोता रहेको सद्गमय कार्यक्रमले निष्पक्ष रुपमा देशमा भएका राजनीतिक गतिविधि, विकास निर्माण, शिक्षा क्षेत्रलगायत समुदायमा भएका वास्तविक घट्नाक्रम र त्यहाँ भएका समस्याहरुका साथै त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई उठान तथा उजागर गर्ने प्रयासमा प्रस्तोता रमेश पौडेल सफल हुनुभएको समारोहका वक्ता तथा समीक्षकहरुले चर्चा गर्नुभएको थियो ।
सद्गमय सिजन-२ को कथा लेखन तथा खोज अनुसन्धान लेखक बोधराज पौडेलले गरेका हुन । कार्यक्रमको निर्देशन मोहन राज अधिकारीले गरेका हुन । कार्यक्रमको अध्यक्षता एपिवान टिभीका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य गर्नुभएकाे थियो ।
वरिष्ट समाचार वाचक तथा कुशल कार्यक्रम प्रस्तोता समा थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रत्यक्ष रुपमा विशेष सहयोग गर्ने विज्ञापन दातालगायत विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।



















