एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक

245
shares

काठमाडौँ । लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक गरिएको छ ।

काठमाडौँको पुतलीसडक स्थित ग्रिनलिफ फुडल्याण्डमा आयोजना गरिएको समारोहकाबिच लेखक तथा साहित्यकार डा. खगराज बरालको प्रमुख उपस्थितिमा पुस्तकका टिप्पणीकर्ता आख्यानकार/कवि हेम प्रवास, उपन्यासका पात्र दिपकबहादुर पाण्डे, शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल तथा सार्वजनिक गरिएको पुस्तकका लेखक अनिल कार्कीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

पुस्तकका बारेमा आफ्नो धारणा राख्ने क्रममा कार्यक्रममा प्रमुख अतिथि डा. बरालले पृथक विषय र लेखन शैलीमा तयार भएको पुस्तक मिथकको हकदावीले साहित्यीक क्षेत्रलाई थप बलियो बनाउनुका साथै लेखक कार्कीको लेखनशैलीको चर्चा गर्नुभएको थियो ।

त्यसैगरी टिप्पणीकर्ता हेम प्रवासले मिथकको हकदावी पढ्दा नेपाली समाजको मिथकमा आधारित रही माटोसँग, कछुवासँग, अदृश्य शक्तिसँग, भैरवसँग तथा प्रत्येक इन्च–इन्चमा संवाद हुने देखाइसकेपछि त्यहाँका रुख, पात, बुट्यान, छहरा, ताल तलैया, झरनाहरु यी सबै हाम्रा मानवीय अंगका अवयवहरु हुन् भन्ने कुरालाई रोचक ढंगबाट आख्यानीकरण गरिएको छ । पुस्तक पढ्ने बानी नभएकाहरुलाई पनि “मिथकको हकदावी” पढ्न थालेपछि नसकी नछोड्ने बनाउनु यस पुस्तकको विशेषता तथा शक्ति रहेकोले मिथकको हकदावीले साहित्यीक क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो ।

शिखा बुक्सले आयोजना गरेको उक्त कार्यक्रम साहित्यकार तथा कवि रुपक अलङ्कारले सञ्चालन गर्नुभएको थियो । २४० पृष्ठमा तयार भएको उपन्यासको डिजाइन सन्तोष कुमार दाहालले गर्नुभएको छ ।