एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

संविधानविद् तथा विरिष्ठ अधिवक्ता डा. ज्ञवालीद्वारा लिखित “नेपालमा निर्वाचन प्रणाली” पुस्तक लोकार्पण

217
shares

काठमाडौँ । संविधानविद्, लेखक तथा वरिष्ट अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक “नेपालमा निर्वाचन प्रणाली” लोकार्पण गरिएको छ ।

संविधान सभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख उपस्थितिमा शनिबार काठमाडौँ रामशासपथ स्थित महान्याधिवक्ताको कार्यालयको सभाहलमा आयोजित एक समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, शिक्षाविद्, कानुनविद्लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुस्तकका बारेमा माननीय रमेश बडाल, पूर्व महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, पूर्व निर्वाचन प्रमुख श्री निलकण्ठ उप्रेती, माननीय रमेश बडाल, माननीय प्रकाश ज्वाला, माननीय सुमना श्रेष्ठ, पूर्व उपसभामुख पुष्पा भुषाल, माननीय ठाकुर गैरे, पूर्व उपप्रधानमन्त्री तथा माननीय उपेन्द्र यादव, वरिष्ठ अधिवक्ता मेघराज पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरुले पुस्तकाका बारेमा टिप्पणी तथा धारणा राख्नुभएको थियो ।

पैरवी बुक हाउस प्रा‍.लि.का अध्यक्ष अधिवक्ता श्री चन्द्रप्रसाद सिवाकोटीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी डा. राजेन्द्रराज तिमल्सिनाले गर्नुभएको थियो भने पुस्तकको डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.का अध्यक्ष तथा डिजाइनर श्री सन्तोष कुमार दाहालले गर्नुभएको हो ।