एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

इतिहासकार ज्ञानमणि नेपालद्वारा लिखित “अतितका स्मृती र अनुभूतिः बिश्वेश्वरदेखि विभूतिसम्म” पुस्तक सार्वजनिक

182
shares

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालद्वारा लिखित पुस्तक “अतितका स्मृती र अनुभूतिः बिश्वेश्वरदेखि विभूतिसम्म” नेपाल बार एसोसिएसनको हलमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल, विशिष्ट अतिथिहरु माननीय पूर्व न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई, वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (गुरुदेव) रहनु भएको थियो ।

विमोचित पुस्तकका बारेमा लेखक तथा वरिष्ठ साहित्यकार कृष्ण धरावासी, माननीय पूर्व न्यायाधीश श्री शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार श्री अरुण वराललगायतका वक्ताहरुले आफ्नो धारणा राख्ने क्रममा लेखक स्व. ज्ञानमणि नेपालको व्यक्तित्व तथा कृतिका विविध आयामका सन्दर्भमा चर्चा गर्दै प्रस्तुत पुस्तकले नेपालको आधुनिक इतिहासमा प्रकाशनमा नआएका तथ्य र घटनाहरुलाई उजागर गरेको भन्दै टिप्पणी तथा धारणा राख्नुभएको थियो ।

पैरवी बुक हाउस प्रा.लि.का अध्यक्ष अधिवक्ता श्री चन्द्रप्रसाद सिवाकोटीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अधिवक्ता डा. रेवतीराज त्रिपाठीले गर्नुभएको थियो ।