एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाद्वारा आयोजित शैक्षिक सम्मेलन सम्पन्न

245
shares

खोटाङ । शिक्षाले बनाउँछ उज्यालो जीवन ! “सक्षम शिक्षक, स्तरिय शिक्षा परिस्कृत संस्कारः सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार” भन्ने मुल नाराका साथ हलेसी तुवाचुङ नगरपालिकाद्वारा आयोजित शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

उत्प्रेरक वक्ता रमन भट्टराई र शिक्षाविद भुपेन्द्र कोइरालाको साथमा हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा शैक्षिक सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न भएको हो । २९ दिनको लगातार शैक्षिक आन्दोलनबाट फर्किनुभएका नगरपालिका भित्र अध्यापन गरिरहनुभएका सम्पूर्ण शिक्षक/शिक्षिकाहरुलाई यस सम्मेलनको माध्यमबाट स्फूर्ति गराई १० बुँदे घोषणा पत्रमा हस्ताक्षरसमेत गराइएको छ ।

यसैबीच हलेसी तुवाचुङ नगरपालिकाको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको ३ वर्षे मूख्य उपलब्धीहरु पनि सार्वजनिक गरिएको छ । यसमा नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत पर्यटन पूर्वाधार तथा सुशासनको क्षेत्रमा भएको आमुल परिवर्तनको विष्लेषण गरिएको छ ।

जिल्ला अदालत खोटाङका माननीय न्यायाधिस श्री नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सन्पन्न भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, रणभिम गण मुडे व्यारेकका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधिहरू, सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, सामुदायिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरू, नगरपालिका कर्मचारीहरू, पत्रकार तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।