नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

अमेरिकाले लगायो १२ देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध

1.69K
shares

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका हुन् । ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।

यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ । अमेरिकाले अमेरिकीहरूलाई ‘खतरनाक विदेशी तत्त्व’बाट जोगाउन यस्तो प्रतिबन्ध लगाइएको बताएको छ ।

यो प्रतिबन्ध यही जुन ९, सोमबारदेखि लागु हुने अमेरिकाले जनाएको छ । आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए ।