एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाद्वारा प्रतीक चिह्न (लोगो) सार्वजनिक, उत्कृष्ट डिजाइनर दाहाल सम्मानित

161
shares

खोटाङ । खोटाङ जिल्लाकाे हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।

लागो त्रिधार्मिक तपोःभूमि हलेसी तथा हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको प्रतीक चिह्न (लोगो) ११५ औं अन्ताष्ट्रिय नारी दिवसको अवसरमा गत शनिबार हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ स्थित हलेसी महादेव मन्दिरको प्राङ्गणमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाश शरण महत, अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, अतिथि प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, उपमेयर रमेश राउत, लगायतले सार्वजनिक गर्नुभएको हो ।

लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धाका लागि नगरपालिकाले सार्वजनकि सूचनामार्फत आव्हान गरेको थियो । उक्त सूचनाबाट प्रधिस्पर्धाका लागि ७ ओटा लोगो आएको नगरपालिकाले जनाएको छ । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ बडहरे, पातिखर्कका सन्तोष कुमार दाहालले बनाएको लोगो उत्कृष्ट रहेको ठहर गरी नगरपालिकाको १५औं नगरसभाले छनोटसँगै स्विकृत गरेको नगर प्रमुख बिमला राईले बताउनुभयो ।

डिजाइनर दाहाललाई सम्मान पत्रका साथै नगद रु.५०,००० (पचास हजार) पुरस्कार स्वरुप प्रदान गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मालम्वीहरुको आस्थाको केन्द्र त्रि–धार्मिक स्थल हलेसी लगायत ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्रहरुका साथै हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताउनुभयो ।

लोगो डिजाइनर दाहाल लामो समयदेखि ग्राफिक डिजाइन पेसामा आवद्ध रहेका छन् । करिब एघार वर्ष नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रमा कम्प्युटर अपरेटर पदमा रही विद्यालयस्तर प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मका पाठ्यपुस्तकहरु डिजाइनमा दाहालको विशेष भूमिका रहेको पाइन्छ । यसका साथै दाहाल साहित्यीक क्षेत्रमा पनि पुस्तक डिजाइनका रुपमा परिचित छन् । साहित्यीक क्षेत्रमा दाहालले करिब ३०० ओटाभन्दा बढी पुस्तक डिजाइन गरिसकेका छन् । जसमध्ये चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास “महारानी”ले मदन पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ भने अन्य थुप्रै पुस्तकहरु पुरस्कृत भएका छन् ।

दाहाल मार्सलआर्ट विधामा पनि रुची राख्छन् र सक्रिय छन् । उनी नेपाल सितोरियो कराँतेका खेलाडी पनि हुन् । कराँते विधामा उनले राष्ट्रिय तथा अन्तिर्राष्ट्रिय पदकसमेत प्राप्त गरेको छन् । यसका साथै हाँस्य कलाकारीतामा पनि उत्तिकै रुची राख्ने दाहाल हाल मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.का अध्यक्ष तथा प्रमुख डिजाइनरको जिम्मेवारी सम्हालीरहेका छन् ।

त्यसैगरी खोटाङका क्रियाशिल पत्रकार राजकुमार भट्टराई र सविना अछामे पनि पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकारद्धय भट्टराई र अछामेलाई जनही नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । त्यसैगरी सल्लेकी महिला उद्यमी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई पनि जनही २५ हजारसहित सम्मान गरिएको थियाे ।