एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

शंकर प्रधानद्वारा लिखित “बाल उद्घोषण तथा क्षमता विकास” पुस्तक सार्वजनिक

175
shares

काठमाडौँ । भाषण तथा उद्घोषणकला प्रशिक्षक तथा कुशल वक्ता शंकर प्रधानद्वारा लिखित पुस्तक “बाल उद्घोषण तथा क्षमता विकास” सार्वजनिक गरिएको छ ।

गत आइतबार लालिम्पाटको उत्तरढोका स्थित क्यापिटल फुड क्याफेमा छोरी सवानी प्रधानको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रम मार्फत साहित्यकार डा. छायादत्त न्यौपानेको, साहित्यकार महेश पौडेल, साहित्यकार देवराज सिम्खडाका साथै प्रकाशक तथा लेखकले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

यो संसार बोल्नेहरूको मुट्ठीमा छ भन्ने नारालाई शिरोधार्य गर्दै विगत १४ वर्षदेखि भाषण, उद्घोषणकला तथा व्यक्तित्व विकास लगायतका प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका व्यक्तित्व हुनुहुन्छ शंकर कुमार प्रधान । उहाँले यसअघि ‘भाषण तथा उद्घोषणकला’ र ‘व्यक्तित्व तथा नेतृत्व विकास’ पुस्तक प्रकाशित छन् । उहाँद्वारा लिखित पुस्तकहरूले पाठकवर्गमा उद्वेलन पैदा गर्नुका साथै प्रयोगात्मक अभ्यासबाट लाभ प्रदान गर्न सफल छन् । व्यवहारिक सिप सिकाउनमा समर्पित लेखक व्यवहारिक ज्ञान सञ्चार गर्न सक्ने खालका पुस्तक लेख्न मन पराउनुहुन्छ ।

पुस्तकका बारेमा आफ्नो धारणा राख्ने क्रममा साहित्यकार डा. छायादत्त न्यौपाने तथा महेश पौडेलले बालबालिकाहरुका लागि पुस्तक अत्यन्तै उपयोगि रहेको र यसले बालबालिकाहरुलाई सकारात्म बाटो हिडाउने र सानै उमेरदेखि बोल्नसक्ने साथै उद्घोषणकलामा सक्षम बनाउनेमा जोड दिनुभएको थियो ।

पुस्तकका बारेमा लेखकले आफ्नो धारणा राख्दै भन्नुभयो– “बालबालिकाहरू ऐनाजस्तै लाग्छ मलाई । मेरा छोराछोरी समीप र सवानीले कस्तो पुस्तक लेख्दा उनीहरूको उमेरसमुहका बालबालिकालाई प्रभावकारी हुन्छ भन्ने कुरामा ऐनाको भूमिका निर्वाह गरे । हरेक अध्याय लेखिसकेपछि म उनीहरूलाई सुनाउँथे । कत्ति पनि झर्को नमानी एकाग्र भइ सुन्थे । वाह ! बाबाले कति राम्रो लेख्नुभएको भनेर हौसला जगाउने प्रयत्न गर्थे । छोरी सवानीले एकदुइ ठाँउ यसो लेख्नु न बाबा भनेर समेत सुझाइन् । उनीहरूप्रति अनन्त प्रेम व्यक्त गर्दछु ।”

त्यसैगरी पुस्तक प्रकाशन संस्कार पब्लिकेसन प्रा.लि.का अध्यक्ष सपना श्रेष्ठले भन्नुभयो– “शंकर प्रधानले लेख्नुभएको यस पुस्तकले अभिभावकदेखि विद्यार्थीहरूसम्मको वाक्कला तथा क्षमता विकासमा प्रभावकारी योगदान पु¥याउने विश्वास हामीले लिएका छौं ।”

लेखकका १२ वर्षीय छोरा समिप प्रधानले सञ्चालन गरेको कार्यक्रम निक्कै आकर्षक र रोमाञ्चक बनेको थियो । कार्यक्रमको अध्यक्षता गर्नुहुने संस्कार पब्लिकेसन प्रा.लि.का अध्यक्ष सपना श्रेष्ठले अतिथि, सम्पादक तथा डिजाइनरलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

१८४ पृष्ठमा रहेको यस पुस्तकको मुल्य ३७५ छ भने लेआउट डिजाइन सन्तोषकुमार दाहालले गर्नुभएको हो ।