• २०८१ मङ्सिर १९ गते बुधवार

काठमाडौं: आजदेखि छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मलेनमा विभिन्न ३४ वटा देशका पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडायोगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन् । गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा चार सय वटाभन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

एकैदिन पाँचवटा हलमा अलग अलग सेशनहरु सञ्चालन हुनेछन् । एकैदिनमा २५ वटा भन्दा सेशनहरु सञ्चालन हुने गुरुङले बताए । समितिका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डाक्टर पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल सेशन सञ्चालन हुनेछ । उक्त सेशनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ । जसमा नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ ।

यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेका छन् । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *