काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

५ दिने भ्रमणमा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आउँदै

1.1K
shares

काठमाडौं: पाँच दिने भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने नेपाली सेनाले जानकारी दिएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ । भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् ।

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राइसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।