एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

जुनसुकै पार्टीका, जोसुकै व्यक्ति भएपनि सहकारी प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्न कांग्रेस महामन्त्री थापाको अनुरोध

210
shares

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भएपनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका गर्नुभएकाे छ ।

थापाले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्ने बनाउनुभयाे । साेमबार राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभयाे, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’ उहाँले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलमाथि समेत अनुसन्धान गर्नुपर्भने बताउनुभयाे ।

‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नु भएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्,’ थापाले भने, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’ न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्ने उहाँले बताउनुभयाे ।

अखबार नेपालबाट साभार