पैरवी बुक हाउसद्वारा विभिन्न विधाका व्यक्तित्वहरु सम्मानीत, धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक
२०८१ असोज १७ बिहीवार ०८:४२
shares

काठमाडौं : पैरवी बुक हाउसले वडादशैँको अवसरमा शुभकामना तथा विभिन्न विधामा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान तथा लेखकद्वय कृष्ण धारावासी र प्रकाश तिवारीको नविनतम कृति सार्वजनिक गरिएको छ। धारावासीको आफ्नो जीवनीमा आधारित कृति अर्धकट्टी र तिवारीको उपन्यास ९६ गड्डी सार्वजनिक भएको हो।
बुधबार काठमाडौंको नयाँबानेश्वरस्थित काठमाडौँ वाङ्क्वेट, थापागाउँमा एक समारोहको आयोजनामा साहित्यकार वैरागी काइला, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्वप्रध्यान्यायधिश गोपाल पराजुलीलले दुवै कृतिको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
पैरवी बुक हाउसले प्रकाशन गरेको पुस्तकहरुका बारेमा बोल्दै लेखक धारावासीले आफ्ना जीवनका विभिन्न आयामहरूबारे यसअघिको आधा बाटो र पाण्डुलीपीमा रहेको भन्दै अर्धकट्टी त्यसैको निरन्तरता रहेको बताउनुभयो । उहाँले आफ्नो जीवनमा जोडिएका विभिन्न मान्छे घटनाकाबारे कृतिमा उल्लेख गरेकोसमेत बताउनुभयो । ‘पुस्तकमा करिब २ हजार व्यक्तिहरूको नाम छ । जोसँग म जीवनको यात्रामा जोडिएँ’, उहाँले भन्नुभयो ।
त्यसैगरी प्रकाश तिवारीले आफ्नो पुस्तकमा नेपालमा भइरहेको कर्मचारीतन्त्रभित्र हुने भ्रष्ट्राचार विषयले उल्लेख गरेको बताउनुभयो । ’४६ सालदेखिबाट उपन्यासको कथा सुरू हुन्छ। एउटा व्यक्तिले कसरी धनको लालचमा आफूलाई भ्रष्ट बनाउँछ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु’, उहाँले भन्नुभयो । दुवै पुस्तकबारे बोल्दै लेखक अमर न्यौपानेले यी कृतीले नेपाली साहित्यमा थप महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विमोचन कार्यक्रमका अवसरमा विभिन्न तह र तप्कामा बसेर अनवरत काम गरिरहेका साहित्यकार, पत्रकार, अधिवक्ता, न्यायधिश, डिजाइनर लगायत विभिन्न विधाका व्यक्तित्वहरूलाई पनि दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको थियो।
सम्मानीत हुनुहुनेहरुमा वरिष्ठ साहित्यकार कृष्ण धारावासी, वरिष्ठ पत्रकार श्री देव प्रकाश त्रिपाठी, प्रकाश तिवारी, झकिन्द्र तिमिल्सिना, निर्मल सिटौला, प्रा.डा. सोम प्रसाद खतिवडा, प्रा. पवन कुमार ओझा, प्रज्वल ओझा, विनोद चालिसे, प्रा.डा. विजा पौड्याल, डा. सन्ध्या खनाल पराजुली, गोपाल पराजुली, रेवतीराज त्रिपाठी, केदार दाहाल, दिपक कुमार दाहाल, प्रवीन महर्जन, प्रकाश उप्रेती, सोमाकान्त भण्डारी, रमेश पराजुली, जंगबहादुर डाँगी, विष्णु पाण्डेय, नारायण शर्मा, नरेन्द्र प्रसाद पाठक, वसन्त आचार्य, जमुना आचार्य, डा. दिवाका झा, डा. वलाराम राउत, सदेश श्रेष्ठ, विकास रजक, रामचन्द्र गौतम, रविन्द्र भट्राई, वेद भट्टराई, प्रदिप श्रेष्ठ, रेवती रमण खनाल, कैलास कुमार सिवाकोटी, खेमराज ज्ञवाली, डिजाइनर सन्तोषकुमार दाहाललगायतका व्यक्तित्वहरु सम्ममानित हुनुभएको थियो ।
विभिन्न विधामा संलग्न उल्लेख्य व्यक्तित्वहरुको उपस्थितिमा सभ्य र भव्य रहेको उक्त कार्यक्रमको अध्यक्षता पैरवी बुक हाउसका अध्यक्ष चन्द्र सिवाकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सरोज घिमिरेले गर्नुभएको थियो ।


















