• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौँ : अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक शनिबार सार्वजनिक भएको छ । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्टार तथा अर्थविद प्रा.डा. अच्युत वाग्ले, पूर्वकृषिमन्त्री तथा नेकपा एकीकृत समाजावादीका महासचिव घनश्याम भुषाल, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पौड्याल अधिकारी, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहाल र पुस्तकका लेखक हरि रोक्काले संयुक्त रुपमा पुस्तकलाई सार्वजनिक गर्नुभएको थियो ।

पुस्तकका लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको बताउनु भएको थियो । बहुदलीय व्यवस्थाको सुरुवातपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिए पनि वास्तवमा त्यस्तो नभएको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उनले बताउनुभयो ।

त्यसै गरी अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा छलफल र विमर्श निकै कम हुने गरेको अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै पूर्वकृषिमन्त्री घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर सम्बन्धित पक्षमा जिम्मेवारी बोध र चिन्तन कम भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, लेखक तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । पृष्ठ संख्या ४८८ मा तयार भएको पुस्तकलाई बेला पब्लिकेशनले बजारमा ल्याएको हो भने यसको मुल्य रु.११११/- रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *