एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया

168
shares

बाल्टिमोर, जुलाई १५ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सामुदायिक अन्तरक्रिया  गरेको छ । जुलाई १३, २०२४ शनिबार सम्पन्न अन्तरक्रियाका सहभागीहरूले नेपाली डायस्पोराका निम्ति सामुदायिक पत्रकारिताको महत्त्व अधिक रहेकोमा जोड दिएका थिए । सहभागी वक्ताहरूले आग्रह वा पूर्वाग्रह नराखी नेपाली समुदायको हितका निम्ति गरिने पत्रकारितालाई समुदायले सधैं महत्त्व दिँदै आएको उल्लेख गरिएको थियो । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबीचको फरक अनि पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीचको फरक छुट्टयाउन नसक्दा कतिपय अवस्थामा त्यसले असमझदारी पैदा गराउने गरेको पनि सहभागीहरूले औंल्याएका थिए । 

सामाजिक सञ्जाल सूचना वा सामग्री सम्प्रेषण गर्ने माध्यम भएको र यसको बढ्दो प्रयोगले सूचना सम्प्रेषणमा सहयोग पुगिरहेको  भए पनि समाचार स्वरुप र विश्वसनीयतामा आधारित हुने भएकाले सामाजिक सञ्जालमा दिइने सामग्री र समाचार सामग्री फरक हुन् भन्ने तथ्यलाई बिर्सन नहुनेमा सहभागीहरूको जोड रहेको थियो । नेपाली डायस्पोराभित्रको एउटा बलियो पक्षको रुपमा सामुदायिक पत्रकारिता रहेको र यसमा संलग्न रहेका पत्रकारहरूले  समुदायको वृत्ति विकासका लागि अझ बढी योगदान गर्न कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूको आग्रह थियो । समुदायको खबर प्रवाह गर्ने सञ्चारमाध्यमको विकास र विस्तारका लागि नेपाली समुदाय नै अग्रसर हुनुपर्नेमा सहभागी पत्रकारहरूको भनाइ थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत, मेरिल्यान्ड राज्य हाउस अफ डेलिगेट्स डा. ह्यारी भण्डारी, गैरआवासीय नेपाली संघ, अमेरिकाका पूर्वअध्यक्ष शिव राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज इन्चार्ज प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, गैरआवासीय नेपाली संघ, चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाका अध्यक्ष सुवोध विलास पन्त, उपाध्यक्ष लक्ष्मी भारती, एनआरएनए अमेरिका, न्यू ह्याम्पसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना,  समाजसेवी दिपक खतिवडा, बद्री खतिवडा, सन्तोष न्यौपानेलगायतले धारणा राख्दै नेपाली डायस्पोरालाई बलियो बनाउन पत्रकारिताले ठूलो योगदान दिइरहेको बताएका थिए । 

वरिष्ठ पत्रकार जीवेन्द्र सिम्खडा विषयवक्ताको रूपमा रहेको अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष गौतम दाहाल, अग्रज पत्रकारहरू डा. प्रदीप भट्टराई, विष्णु शर्मा, नेजा आजीवन सदस्य लेखनाथ भण्डारी, नेजाका अनुशासन समिति संयोजक सतीश चापागाईंले पत्रकारहरूका तर्फबाट धारणा राखेका थिए । नेजाका सदस्य सागर घिमिरेको स्वागत रहेको अन्तरक्रियाको सञ्चालन र संयोजन नेजाको डिसी मेट्रो क्षेत्रीय संयोजक सिर्जना काफ्लेको रहेको थियो ।