एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कविता : के छैन नेपालमा ?

168
shares

गुराँसको ताजा रक्तिम फूल देखेर
हिमालसँगै फक्रँदो वसन्त हाँसिरहेको छ
कोइलीको आवाजमा
कस्तुरी मृगले सुगन्ध भरिरहेका छन्
डाँफे मुनालहरू
हिउँफूल सिउँदोमा सजाएर
हिमालयको आवाज गुञ्जाइरहेछन्
मानौँ सगरमाथा मुस्कुराउँदै
आफ्नै पौरखको उचाइ नियालिरहेको छ
दुर्लभ हिउँमान्छेहरू
नवजात शिशुहरू हिमवाटिका डुलाइरहेछन्
सुन्दर परिधानमा
हिउँपरीहरू नाचिरहेछन्, गाइरहेछन्
हिमालयको गाथा
र सगरमाथाको सुवासना काखी च्यापेर ।

हिमालयका पयरबाट झरेका नदनदी
खोला र झरनाहरू
एकैताल, एकैलय, एकैस्वरमा छङछङ
गाइरहेका छन् पहाडी गीतहरू
तराईका फाँटहरू मन्द मुस्कुराइरहेछन्
हिमालको शीतल जलले
जमिनका जरा भिजाइरहेका छन्
परिपुष्ट धान, गहुँका बालाहरू
हिमाल पहाडका पेटहरू भरिरहेका छन्
हिमाली जडीबूटीहरू
तराईमा औषधि छिटिरहेका छन्
तीन तरेली जङ्गलहरू
कोरलिरहेछन् डाँफे मुनाल कोइलीहरू
मधुर सङ्गीतमा झुमिरहेका छन्
हिमाल पहाड र मैदानका सुन्दर फाँटहरू ।

चौँरी चराइरहेका हिमालीहरू
गाई बाख्रा धपाउँदै गरेका पहाडीहरू
मधेसमा हात्ती दाउँदै गरेका माउतेहरू
के छैन नेपालमा ?
सिमसारमा चराहरू गाउँछन्
खोलाहरूमा माछाहरू नाचिरहन्छन्
कविहरू गोठालो बसेका छन् आमाको
वैज्ञानिकहरू हलो खोपिरहेछन्
परिश्रमीहरू देश जोतिरहेछन् बारम्बार
फलेका हिमाल, पहाड तराईहरू
टिपिरहेछन् युवतीका कोमल हातहरू
शेर्पिनीका गालाजस्ता मार्फाली स्याउहरू
रारा फेवाका किनारामा बसेर
टोकिरहेछन् पाहुना पर्यटकहरू
नेपाली बगैँचाका रोमाञ्चक फलफूलहरू ।

भूस्वर्ग हो धरा विशेष यो
सुरम्य हाम्रो छरितो छ देश यो
परन्तु रक्षक स्वयं भए अहंकारी अन्धा
चलाउँदैछन् व्यर्थ
किन आज अभद्र व्यभिचारी धन्दा ?
प्रकृतिको सुन्दरता कुल्चेर
वर्तमानका अत्याचारी भूलहरू
मान्छे बोकिरहेछन् विज्ञानका नक्कली फूलहरू
जिउँदा विदेशमा
मूर्दा बिसाइरहेछन् यो सुन्दर देशमा
किन मख्ख छौ शासकहरू रेमिट्यान्समा ?
बन्द गर तमासाहरू
हिमाल उचाल्न सक्छन् तन्नेरीहरू
सपना बोकेका आमाहरू
उप्रान्त न भिजाऊन् आँसुले परेलीहरू ।

टंकमणि अधिकारीद्वारा लिखित कवितासंग्रहग “हिटलर र भाले” बाट साभार