काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

‘दोस्रो रामेछाप कप फुटसल-२०८०’को उपाधि एलबीआरवाईसीले उचाल्यो

1.46K
shares

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता-२०८०’को उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले जितेको छ । काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारी रामेछापलाई ८-२ गोल अन्तरले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको हो ।

यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित गर्दै लिभुरा तेस्रो भयो । उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी)ले शिल्डसहित ५० हजार नगद प्राप्त गर्यो । यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारी रामेछापले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार नगद पुरस्कार सहित मेडल प्राप्त गरे ।

प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्लाभरिबाट १७ टोलीको सहभागिता थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधार शनिबार र आइतबार प्रतियोगिता सञ्चालन गरिएको थियो । रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन प्रमुख अतिथि संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले प्रतियोगिताको शुभ-कामना दिँदै रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेल उद्घाटन गरेका थिए भने प्रतियोगिताको दोस्रो दिन समापन समारोहमा विजेता टोली र खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ अतिथि नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले विजयी टोलीलाई पुरस्कार वितरण गरेका थिए ।

सहभागी टोलीहरु
(१) रामेछाप-काठमाडौं पत्रकार समाज
(२) लिखु भुजी रामेछाप युवा क्लव (Team LBRYC)
(३) लिखु भुजी रामेछाप (Team LIBHURA)
(४) छाप परिवार
(५) एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्च
(६) दोरम्बा शैलुङ एफसी
(७) ह्यङ्ग आउट क्लब बाम्ती
(८) आकाशे व्वाईज (ABC)
(९) कालेभुमे युवा क्लव (KBYC)
(१०) साथीको चिया अड्डा
(११) फ्लिकर स्टुडियो
(१२) दिपशिखा व्वाईज युनाईटेड क्लब
(१३) जेसीआई खाँडादेवी
(१४) गुन्सी युवा क्लब
(१५) मनकामना फ्रुट्स
(१६) अखिल क्रान्तिकारी रामेछाप
(१७) तिल्पुङ