एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु, अर्थमन्त्रीले गरे दुई अर्ब निकासा

154
shares

काठमाडौं : निर्माण व्यवसायीको लामो समयदेखि रोकिएको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्बौं रुपैयाँ बराबरको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको बताएका हुन् ।

अर्थमन्त्री डा। महतका अनुसार अर्थ मन्त्रालयले तालुकदार मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुई अर्ब रुपैयाँ निकासा गरेको हो । गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीको बक्यौता रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले माघको पहिलो सातासम्ममा सबै बक्यौता बापतको रकम निकासा गर्न निर्देशन गरेसँगै अर्थ मन्त्रालयले स्रोत जुटाएर भुक्तानी प्रक्रिया अघि बढाएको हो ।

अघिल्लो सरकारले स्रोत सुनिश्चितता मात्रै गरेर बजेटबिनै अघि बढाएको आयोजनाको भुक्तानी हुन बाँकी छ । भुक्तानी रकम माग्दै निर्माण व्यवसायी महासङ्घकै नेतृत्वमा व्यवसायीहरू लामो समयदेखि आन्दोलनमा छन् । महासङ्घका अनुसार सरकारले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।

तर, अर्थ मन्त्रालय भने निर्माण व्यवसायीलाई सुरुवाती चरणमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी अघि बढेको छ । व्यवसायीलाई भुक्तानी गर्न रकम नभएपछि चालू आर्थिक वर्षको बजेट रकमान्तर गरिएको अर्थमन्त्री डा। महतले जानकारी दिए । उनका अनुसार बजेट रकमान्तर गरेर निर्माण व्यवसायीलाई दुई अर्ब रुपैयाँ भुक्तानी सुनिश्चित गरिएको हो ।