पुरानै हो दुखेको मन जलेको खत पुरानै हो
सधैं हेरेर तस्विर सम्झिने आदत पुरानै हो
लगाई राख्न मन लाग्छ सह्माली राख्न मन लाग्छ
उडाई दिन्छ गलबन्दी हुरीको लत पुरानै हो
किनारामै सीमित देखें मिलनको पल किनाराका
नदीका यी किनारा सङ्गको संगत पुरानै हो
यहीँ पिरती बसेको हो यहीँ वचपन सकेका हौं
बनेको हो नयाँ आँगन यो घरको छत पुरानै हो
नभेटेको नदेखेको युगौं युग भो उनीलाई
उनी आफ्नै बनून् भन्ने प्रेमिल चाहत पुरानै हो