• २०८१ मङ्सिर ६ गते बिहिवार

— राजबाबु श्रेष्ठ ‘सागर’
महोत्ती, गौशाला न. पा. १

कल्पना गर्नुहोस् त… एकैछिन् । वर्तमानको वास्तविकतालाई बिर्सेर न त केवल अतीतलाई नै सम्झेर… । केवल भावनाको शून्य अन्तरिक्षमा एकैछिन् आफूलाई विलिन् गरी हेर्नुहोस् र आफ्नो बित्ताभरको घिच्रोमा पश्चतापको फाँसीको कसिलो डोरीले बेसरी कस्नुहोस् र कुनै एक अग्लो रुखमा गई झुन्डिनुहोस् । केहीक्षणमा फत्र्याकफुत्रुक परेर छट्पटाउनु हुनेछ र सँधैका लागि आफ्नो वर्तमानसँगै अतीतलाई पनि छाडी जिब्रो टोकी मर्नुहुनेछ हमेशाका लागि ।

अनि त्यसपछि त त्यही हो । झिक्रामाथिको फुस्रो कुभिन्डो तुर्लुङ्ग झुण्डिए झैँ तपाईँको शव हावासँगै यताउता हल्लिदै चचहुइ–चचहुइ खेलिरहेको हुनेछ । जब तपाइँको चचहुइ–चचहुइ खेलिरहेको लाशसँग गाउँलेहरूका आँखा ठोकिने छन् । तब, को झुन्डिएर मरेछ नि ए गाउँले हो । लौन नि ! यहाँ त बर्बादै भएछ, गुहार–गुहार भन्दै मान्छेको भिड जम्मा हुने छन् । अनि तपाइँको घिच्रोमा कसिएको डोरी खोलिने छ र भुइँमा सुताइँने छ । ए हे ! फलाना पो रहेछ त बा… । हैन के परेछ त त्यस्तो झुन्डिएरै मर्नु नै पर्ने भनेर भिडको बीचबाट कुनै अपरिचित व्यक्तिले प्रश्न उठाउने छ । के भएर मर्नु नि बरा… बरू मरेर बेसै गरे छ । स्वास्नीको चर्तिकला हेर्न सकेनन् विचराले, अनि त झुन्डिएर मरेछ नि बिचरा भन्दै भिडको बीचबाट जान्ने–बुझ्नेहरूले उत्तर तेस्र्याउने छन् ।
राम्रो गरेको भए राम्रै भन्ने छन् । नराम्रो गरेको भए नराम्रै भन्ने छन् । कसैले के भन्ने छन्, कसैले के भन्ने छन् । क–कसले केके भन्ने छन् भन्ने छन् ।

यसरी तपाइँको अकाल मृत्युको कारणको रहस्य जान्न भिडहरूको बीचबाट सयकडौं प्रश्नहरूले तपाइँको त्यो पार्थीव शरीरमाथि प्रश्न वाचक चिन्हको वर्षा गर्नेछन् ।

मान्छेहरू जसरी मरे पनि, घाँटीमा डोरीबाँधी फाँसी लागी मरे पनि, विष खाई मरे पनि, आफैँले आफूलाई छुरा रोपी मरे पनि यात ताल र रानी पोखरीमा फाल हाली मरे पनि, त्यसरी काल नआइकन आफ्नो आत्मालाई कठोर जल्लाद बनी आत्मा हलाल गरी मर्ने पुरूष वा स्त्रीको यस्तो सस्तो मरणलाई नै “आत्मा हत्या” भनिन्छ सायद ।

आखिरी कुरा आयो आत्माहत्याको । यसरी आत्माहत्या गर्नेहरूमा प्रायजसो १५–१६ वर्षको युवा युवतीहरूदेखि लिएर ७०–७५ र ८० वर्षको वृद्ध बुढाबुढीहरू समेत भेटिएका पाइन्छन् । आखिरी किन गर्छौं त हामी हात्महत्या ? बल्ल पालो आयो अब आत्माहत्या भन्ने प्रश्नको ।
हुन त तपाईँ हामीबीच आत्माहत्या भन्ने विषयवस्तु कुनै नौलो त होइन । यस्ता दैनिक हुने अर्थहीन आत्माहत्याको दृश्यले तपाईँ हामीलाई ढुङ्गाजस्तै कठोर बनाइसकेको छ । यस्ता व्यक्तिहरू न कुनै जन्मनुको अर्थ छ न मर्नुको नै । अनि किन गर्ने त फेरि हामी पीर चिन्ता, शोक र विष्मात उनीहरूको यस्तो पशु जस्तो सस्तो मराइमा ?

काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ । यस्ता मान्छेहरू जन्मने जन्मदै गर्छन् । मर्ने मर्दै गर्छन् । कसलाई के पो फरक पर्छ र ? कागलाई बेल पाक्यो हर्ष न विष्मात । यसै पनि यो संसारको बढ्दो महङ्गी र दिन दुई गुणा रात चारगुणा हुँदै जाने दिन प्रतिदिनको उर्लँदो जनसंख्याको वृद्धिदर त घटाएको होइन कतै यो आत्माहत्याले भन्ने जस्तो पनि लाग्छ मलाई कतै–कतै ।

जसलाई जन्मनु भनेको जीवन हो र मृत्यु पश्चात्को शुन्यता नै मानिसको अन्त्य हो भनेर थाहा छैन । त्यस्ता मान्छेलाई केको परिभाषीत गरिरहनुप¥यो र । त्यस्ता व्यक्तिलाई केको व्यक्ति पनि भन्नु प¥यो र ? पशु र मान्छेमा फरकै नरहेपछि के काम भो र । पशुको बरू काम आउँछ । यस्ता मान्छेको सिनोमा भोका गिद्धहरू र ब्वाँसाहरूले लुच्छातानी गरेको हामीलाई केको टाउको दुखाई, हैन र ?

तर त्यसो भनेर कहाँ भो र ? कुरा जीवन र मृत्युको छ । सर्पले काँचुली फेरे झैं यो जीवनले काँचुली फेर्दैनन् क्यारे । हरेक जीवनको पछाडि मृत्यु निश्चित छ भन्दैमा जथाभाबी जीवन र मृत्युको मोलै नबुझी हामफाली मर्नु त भएन नि हैन र ! लौ तपाइँलाई फरक नपर्ला रे तर फरक पर्नेलाई त पर्छ नि हैन र ?

अब म दोह¥याउँछु आत्माहत्याको कुरा । आत्माहत्या धेरै कारणले हुने गर्दछन् । मानिसहरूबाट अन्जानमा गल्ती भइहाल्छ । आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो, तर त्यसो त जानीजानी आफ्नो खुट्टामा बन्चरो हान्ने पनि त छ नि, हैन र ? ल अब कुरो आयो यतातिर । जब युवायुवतीहरू १५–१६ वर्षको जवानीले सिंढी चढ्न थाल्छन् । त्यो अवस्थामा उनीहरूको मस्तिष्कमा केवल विपरीत लिङ्गको कल्पना हुन थाल्दछ ।

युवतीहरू एक सुन्दर राजकुमारको कल्पनामा डुबीरहन चाँहन्छन् भने युवाहरू पनि एक सुन्दर सपनाकी राजकुमारीको कल्पनामा अविरल डुबिरहन नै चाहन्छन् । उनीहरूको त्यस्तो अनाकार कल्पनाको भित्र आफू सर्वाङ्ग नग्न भई एकर्कामा अंकमाल गर्दै उनीहरूको दुई आत्मालाई एक बनाई कल्पनाको शून्य गगनमा बिलिन हुँदै लिप्त हुने महसुस् गर्न चाहन्छन् । उनीहरूको त्यस्तो असीमित् कल्पनाको कुनै सीमा रहेको पाइँदैन । त्यसो त हामीले पनि त्यो अवस्था गुजारेकै हौं क्यारे ।
अब यस्ता भावनाको तातो बादलका घुम्टोभित्र रुम्मलिन चाँहने युवायुवतीहरूको स्वाभावमा नै स्वभाविक फरक आउने गर्छन् । युवा होस् या युवती होस् उनीहरूको चालढाल हिडाई बोलाई र आँखाका इशाराहरू अरू साधारण युवा युवतीहरूकोभन्दा निकै नै फरक हुने गर्दछन् । उनीहरू सकभर आफूलाई आकर्षक र गम्भिर बनाउने कोसिस गर्दछन् एकअर्कालाई आफूसँग आकर्षित गर्नका लागि ।

मिठा बोल्ने र मुस्कुराएर मुस्कानमा प्रभातको किरणको ज्योति छरी विपरीत लिङ्गको दिलमा सुटुक्क पसी मायाको बारीमा प्रितीको फूल रोप्ने भरपूर प्रयास गर्दछन् उनीहरू । यसरी नै उनीहरूको एकअर्कामा सामिप्य बढ्दै जान्छ र जसरी पानीविनाको माछा बाँच्न असम्भव छ त्यस्तै गरी महसुस् गर्छन् त्यस्ता युवायुवतीहरू एकछिन् आफ्नो जोडीको ती तिक्ष्ण नयनसँग नयन जुदाउन नपाउँदा । सायद, यसैलाई नै उनीहरू माया र प्रेम भन्ने संज्ञा दिन्छन् ।

अब त कति सजिलो लौ परेन फसाद । तिमीबिना त म अरूको कल्पना पनि गर्न सक्दिन । एकछिन् तिमीलाई देखिन भने कस्तो–कस्तो हुन्छ । ए मेरी प्रियसी कुशूम् आऊन अलि नजिक तिम्रो ओठ चुसुम् भन्दै नजिकिँदै एकअर्काका अङ्गालोमा कसिन थाल्दछन् । एकअर्काको हातहरू हार्मोनियमका पटरीझैं कताकता सल्बलाउन थाल्दछन् उनीहरूका । अगेना छेउको नौनी घिउ पग्लेझैँ मान्छेको मन् त हो नि प्यालल पग्लन के बेर ? मनै त हो पार्वती ।

चुम्बक्को समान ध्रुवहरूको विकर्षण र असमान ध्रुवहरूको आकर्षण भए झैँ उनीहरूको कमलो स्पर्शले उनीहरूलाई कहाँ खपिसक्नु हुन्छ र ? आखिरी जे हुनु भैगयो । १५–१६ वर्षको कुखुरे वैंशको कालो घुम्टो उघारिएर पछि पो लुथ्रुक्क भिजेको चाल पाउँछन् मोरामोरीहरूले आफूलाई । त्यसपछि त बर्बादै भएछ बा… । अब के गर्ने होला ! लाजको घुम्टो ओडेर लाज पचाएर हिँड्नै प¥यो नि । फेरि, सँगै मर्ने र सँगै बाँच्ने कशमै खाएपछि झन् केको पो डर ।

तर त्यसो भएर कहाँ भो र ? समयको परिवर्तन भनेको छेपारोले रङ फेरे झैँ त हो नि । सबैले सोचे जस्तो कहाँ हुन्छ र ? ल अब हेर्नोस् न लाजको घुम्टो पनि कति दिनसम्म ओढेर साध्य लाग्छ र ? आज भोलि भन्दाभन्दै एक दिन नि एक दिन पर्दाफास भैहाल्छ नि, हैन र ?

लौ परेन फसाद ! घर परिवार र समाजमा कसरी मुख देखाएर हिँड्ने ? दिन्दिनै बढेको पेटभित्रको बच्चाले बिस्तारै घैँटोको रूप लिँदै छ । अब त छोपेर पनि साध्य नलाग्ने भो ।

“ऐ नकचरी ! कस्को पाप बोकिस है” भन्दै गालामा चट्याम्म चट्कन र जगट्याउने गर्छन् यस्ता युवतीहरूका आमाहरूले । गाउँघरमा गाउँलेहरूले कुरा काटेर त्यत्तिकै खपिनसक्नु पार्छन् ।

“म त बर्बाद ! भए नि अब । कसरी मुख देखाउनू । सबै गाउँलेहरूले आँखा तरेर हेर्छन् म हिँड्दा । गाउँकी जेठीबाठी बुढीहरू थुक्क नकचरी उम्लिदै तीनपात । त्यस्ता वैंश त हामीलाई पनि आयो । खोई हामीले कसैको भुँडी बोकेनौ क्यारे । कस्को पेट् बोकिछसै, जा त्यैसँग होइन भने सेरिएर मर् भनेर मलाई धिक्कार्छन् । लौन नि ! केही गर । भागौं ह्याँबाट नत्र भने झुन्डिएर मर्छु म त ।” भन्दै आफ्नो प्रेमीको काखमा घोप्टिएर रूँदै व्यथा सुनाउने गर्छिन् यस्ता पथभ्रष्ट युवतीहरू ।

साँच्चै ! मायाप्रीति लाएको भएत ठिकै छ, भाग्ने जमर्को पनि कस्लान् । तर कहीँ भमरा जस्तो भर्खरै फुल्दै गरेका कलिला फूलहरूका रस चुस्ने बानी परेका रैछन् भने त लौ बिताएन । प्रेमलाई पुतलीको खेल सम्झिने यस्ता धोकेबाज युवकहरूलाई मायाले जिन्दगीको परिभाषा दिन के भैँसीलाई पुराण सुनाए जस्तो होइन र ?

लौ ! प¥यो नानी फन्दामा, कुखुरे बैंश चढ्यो भन्दैमा असार मासको मडारिदै बगेको धमिलो वर्षे भेलजस्तै आफूलाई बदनामीको छिःछिः र छ्याछ्याले लुथ्रुक्क भिजाइत हाल्यो । के गर्छ्यौ त अब ? लाजको घुम्टो ओडेर बाँच्न सक्छौ भने बाँचेर देखाऊ क्यारे होइन भने “पश्चतापको फाँसी” लागेर झुन्डिएर मर ।

वास्तवमा, यस्ता कलिला युवतीहरू आफूले साँचो माया गर्दागर्दै पनि जब यस्ता पापी धोकेबाज युवकहरूको शिकारमा फस्ने गर्दछन् । तब उनीहरू आफ्नो पवित्र माया र प्रेममाथि विश्वासघात् भएको महसुस गर्दछन् । कुरो प्रेममाथि भएको विश्वासघातको मात्रै होइन । यहाँ त कुरो अर्कै छ । दिनदिनै घैँटोको रूप लिदै गरेको पेटभित्रको बच्चा र सँगै बाँचौँ र सँगै मरौँ भनेर खाएको बाँचाबन्धनको विपरीत आफूमाथि लुटिएको अस्मिताको । यसरी पिडीत युवतीहरू आफू जिउँदै रहेर पनि बारबार मरेको महसुस गर्दछन् ।

यसरी घृणाको पात्र बनेर पलपल तड्पिएर बाँच्नुभन्दा त एकैचोटि आत्माहत्या गर्नू नै जाति भन्ने सम्झी “पश्चतापको फाँसी”मा झुन्डिई त्यस्तो आफ्नो अमूल्य जीवन समाप्त गर्दछन् । फेरि त उही झिक्रामाथिको फुस्रो कुभिन्डो झैँ त्वारल्याङ्ग झुन्डिए झैँ चचहुइचचहुइ ।

मायाको बारीमा प्रीतिको फूल रोप्ने कत्रो ठूलो सपना देखिकी हुँदो हो । यसरी विश्वासघातको तीतो झटारो ले आत्माहत्याको जघन्य अपराधको रूप पो लियो है, ए गाँठे ! मर्ने त मरेर गई बिचरी आफूसँग आफ्नो कलंकको दाग पनि मेटाएर गई । तर बाँच्नेहरूलाई भने सँधैका लागि एक प्रश्नवाचक चिन्ह छाडेर गई । आखिरी यसरी हुने जघन्य आत्माहत्याको दोषी को हौँ त । के तपाइँ हामी होइनौँ त ?

हो, वास्तवमा यस्ता जघन्य अपराधका दोषीहरू तपार्इँ हामी नै हौं । तपाइँ हामीबाट नै यस्ता विकृतिका बीउहरू रोपिन्छन् । माया चाँहिनेलाई माया दिनू सक्नुपर्छ । दया चाँहिनेलाई दया गर्न सक्नुपर्छ । प्रेमका भिक्षा माग्नेलाई दिलदेखि प्रेमको दान गर्न सक्नु पर्छ । अनि मात्रै माया र प्रेमको परिभाषा पूर्ण होला । यसरी घृणा र तिरष्कारले स्वागत गरेर होइन ।

अँध्यारोमा बाटो बिराएकाहरूलाई माया र प्रेमको परिभाषाको उज्यालो रोसनीले मार्गदर्शन गर्न सक्नू पर्दछ । यसरी पथभ्रष्ट भएका युवायुवतीहरूलाई जन्म र मृत्युको फरक सिकाउनू पर्दछ । यस्ता हुने सानातिना गल्तीहरूलाई तपाइँ हामी र समाज मिली क्षमादान गर्दै “घुङगरू नलगाई पनि नाँच्न सकिन्छ । अतीतलाई बिर्सिएर पनि बाँच्न सकिन्छ” भनी जिउन सिकाउनू पर्दछ ।
अनि मात्रै यसरी हुने दैनिक आत्माहत्याजस्ता जघन्य अपराध रोक्न सकिएला । होइन भने यसरी हुने जघन्य अपराधको विकृतिहरूले प्रतिशोधको राँकोको रूप नलेला भन्न सकिन्न ।

कागभन्दा कोइली चङ्ख भनेको तपाइँहरूलाई थाहा नै छ क्यारे । काग आफूलाई जतिकै बाठो सम्झे पनि कोइली झनै त्योभन्दा बाठो । कागको फुल सबै खाई आफ्नो फुल कागिनीलाई कोरल्न दिने कोइली के कागभन्दा बाठो होइन त ? त्यसैले यस्ता धूर्त युवकहरूले सिधासाधि युवतीहरूलाई जीवन र अस्मितामाथि खेल्दा झनै चर्को भाउको मूल्य चुक्ता गर्नू पर्ने हुन्छ ।
त्यस्तो विकृतिको प्रतिशोधको भाइरस्ले तपाइँ हाम्रो चेलीबेटी दिदी बहिनी र श्रीमतीमा पनि सरूवा रोगको विशाक्त लक्षणहरू निम्त्याउन सक्छन् । यसरी झुटो माया र प्रेमको प्रलोभनमा आएर तपाइँ हाम्रो दिदी बहिनी पनि यस्ता प्रतोशोधका भावना बोकेका युवकहरूका झुटा माया र प्रेमका पासोमा पर्न सक्छन् ।

त्यसपछि त परेन फसाद ! छिःछिः र छ्याछ्याको लाजको घुम्टो ओढेर समाजको अगाडि बाँच्न सके त हो । होइन भने पश्चतापको फाँसीमा झुन्डिएर मर्नु परेन त !

उही फेरि, झिक्रामाथिको फुस्रो कुभिन्डो त्वारल्याङ्ग झुन्डिएझैं चचहुइचचहुइ । यसरी मरेर पनि हजारौँ प्रश्नहरूको सामना गर्नुपर्ने मान्छेको भिडहरूसँग । पश्चतापको फाँसीमा झुन्डिएर पनि सुख त कहाँ पाइयो र ?

त्यसैले भन्छन् “आफ्नो घरमा सिसाको झ्याल हुनेले अरूको घरको सिसाको झ्यालमा ढुङ्गा नहानेकै वेश ।” अर्काको सुन्दर बगैँचामा फुलेका कलिला फुलहरूका रस् चुस्न बानी परेका ए ! पथभ्रष्ट धोकेबाज भमराहरू हो । आफ्नो पनि सुन्दर बगैँचामा फुल्दै गरेका कलिला फूलहरू जस्ता दिदी बहिनीहरूका अस्मितामाथि पनि त अलिकति ध्यान पु¥याउने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *