• २०८१ बैशाख ३१ गते सोमवार

आर्टिकल्स पेपर, काठमाडौँ : यही २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हुन गइरहेको छ । आम नेपाली नागरिकहरु मतदान गर्न गइरहेका छौं ।

मतदान ! मतदान शब्द सुन्दा आफैँमा कति मीठो र सुन्दर छ । हाम्रो समाज र संस्कारमा “दान दिनु” लाई एक पवित्र कामको रुपमा लिइन्छ । भनिन्छ– “दान दिनु पुन्य कमाउनु हो ।” हाम्रो समाजमा विभिन्न प्रकारका दान दिने प्रचलन परापूर्व कालदेखि अभ्यासमा छन् । जस्तै, श्रमदान, भिक्षादान, अङ्गदान, नगददान, जग्गादान आदि । यस्ता कार्य कसैको करकापमा होइन स्वइच्छाले गरिन्छ र समाजमा दातालाई उच्च सम्मानका साथ हेरिन्छ।

हामी नेपाली जनताहरु यही मंसिर ४ गते मतदान गरी एउटा पवित्र कार्य गर्न गईरहेका छौँ अर्थात देशका लागि पवित्र दान दिन गइरहेका छौँ । आगामी ५ वर्षका लागि सरकार सञ्‍चालनका लागि योग्य प्रतिनिधि छान्न गइरहेका छौँ । कतै हाम्रो पवित्र मत कसैले दुरुपयोग गर्न त गइरहेका छैनन् ? सोच विचार गरी आफ्नो अमुल्य मतदान गर्नु आवश्यक छ।

देशभरि चुनावि माहोल बढिरहेको छ। उम्मेदवार र उम्मेदवारका समर्थकका साथै राजनीतक दलका नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् ।

चुनावको माहोल कस्तो छ ? यस पटकको निर्वाचनको माहोल र अघिल्ला निर्वाचनहरुको परिस्थितिमा के फरक देखिन्छ ? सकारामक पक्षहरु के के देखिन्छन् र कमजोर पक्षहरु के के देखिन्छन् ? यस विषयमा छोटो चर्चा गरिएको छ ।

सकारात्मक पक्षहरु
सकारात्मक पक्षहरुलाई समग्रमा ६ बुँदामा समेट्ने प्रयास गरिएको छ ।

१. सामाजिक सञ्जालको प्रभाव
सामाजिक सञ्जालको प्रभावले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि प्रभाव पारेको छ । उम्मेदवारहरुलाई प्रचार गर्न, आफ्ना विचार र कार्यक्रमहरु प्रस्तुत गर्न सहयोग पुर्‍याएको छ । सामाजिक सञ्जालले जनमत तयार पार्न र चुनावी माहोल सृजना गर्नमा ठुलो भूमिका खेलेको छ । यसले रानीतिक दलहरु र उम्मेदवारहरुलाई जनभावना बुझ्न सहयोग पुर्याएको छ । साथै निर्वाचन आयोगलाई आचार संहिताको उलंघन भए नभएको अनुगमन गर्न सहयोग गरेको छ भने अर्कोतिर आचार संहिताको उलंघनका प्रमाणहरु जुटाई कार्वाही अगाडि बढाउन पनि सहयोगी भूमिका निर्वाह गरेको छ ।

२. स्वतन्त्र उम्मेदवारको लहर (युवाको राजनीतिमा आगमन)
यस निर्वाचनको अर्को सकारात्म पक्ष भनेको स्वतन्त्र उम्मेदवारहरुको लहर पनि हो । जसले युवा पिढीहरु राजनीतिमा प्रबेश गरेका छन् । यसको तत्कालभन्दा दीर्घकालमा फाइदा देखिन्छ । यसले राजनीति प्रति वितृष्णा भइ मतदान गर्न नै जान नचहाने युवापुस्तालाई प्रेरित गरेको छ भने अर्कोतिर युवाहरुको राजनीतिमा सहभागिताले भविश्यमा सक्षम नेतृत्व विकासमा योगदान पुर्‍याउँछ । भविश्यमा राजनीतिमा वैकल्पिक शक्ति निर्माणमा कोसेढुंगा सावित हुनसक्छ ।

३. राजनीतिक दलको Vote Bank मा न्युनिकरण
२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जितले पनि राजनीतिक दलहरुको Vote Bank घट्दै गएको देखाएको छ । राजनीतिक दलहरुको गठबन्धनको अभ्यासले तत्काललाई दलीय व्यवस्था विपरित जस्तो देखिए पनि दीर्घकालमा राजनीतिक दलहरुको Vote Bank घटाउन नै सहयोग पुर्‍याउछ । बाबु बाजेदेखि म फलानो पार्टीको voter हुँ भन्‍ने भावनामा विस्तारै क्षयीकरण हुँदै गइरहेको छ । यसले मतदाताहरुलाई विवेकशील बन्‍न उत्साहित गरिरहेको छ । यसले दलको उम्मेदवार भन्दा स्वच्छ र सक्षम उम्मेदवारलाई चुनाव जित्‍न म२त गर्छ । जसले गर्दा राजनीतिक दलहरुलाई पनि योग्य उम्मेदवार उठाउन बाध्य बनाउने छ ।

४. राजनीतिक दलका घोषणापत्रमा विकास र समृद्धिको प्रतिबध्दता
यस पटककको निर्वाचनको अर्को सकारात्मक पक्ष भनकै विकास र समृद्धिको प्रतिबद्धता हो । राजनीतिक दलहरुले घोषणापत्र मार्फत राजनीतिकभन्दा विकासका बनभलमब लाई प्राथमिकता दिएको देखिन्छ । प्रतिवद्धता अलि हावादारी जस्ता देखिन्छन् नै । तरपनि यसलाई सकारात्मक रुपमा लिइनुपर्छ, किनकि यसले भविश्यमा राजनीतिक दलहरुलाई यथार्थपरक घोषणापत्र निर्माण गर्न प्रेरित गर्ने छ । यो एउटा प्रक्रिया हो जो माझिदै र परिष्कृत हुँदै जाने छ ।

५. Technocrat’s को राजनीतिमा आगमन
विभिन्‍न क्षेत्रमा देश विदेशमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु स्वतन्त्र उम्मेदवार र राजनीतिक दलमा आगमनलाई पनि सकारात्मक संकेतका रुपमा लिनुपर्छ । विज्ञहरुको समावेसले राजनीतिक दलहरुलाई सही र यथार्थपरक नीति र कार्यक्रम तय गर्नमा मद्दत गर्दछ । यसले राजनीतिलाई सही दिशामा अघि बढ्न सहयोग पुर्‍याउने छ ।

६. चुनावी तडकभडकमा कमी
पहिलेका निर्वाचनहरुमा जस्तो जताततै ब्यानर र झण्डाहरु देखिँदैन। निर्वाचन आयोगले पनि आचार संहितामा सुधार गर्दै गएको देखिन्छ । जसले गर्दा चुनावमा देखिने तडकभडकमा कमी आएको छ। यो सभ्य र स्वच्च निर्वाचनका लागि सकारत्मक संकेत हो ।

कमजोर पक्षहरु
कमजोर पक्षहरुलाई पनि समग्रमा ६ बुँदामानै समेट्ने प्रयास गरिएको छ ।

१. सामाजिक सञ्जालको दुरुपयोग
सामाजिक सञ्जालका थुप्रै सकारात्मक कुराहरु हुँदाहुँदै पनि यसको दुरुपयोगले समस्या पनि खडा गर्नसक्छ । सामाजिक सञ्जाल अनियन्त्रित बन्दै गइरहेको देखिन्छ । कतै जथाभावी गाली गलौज गर्ने साधनको रुपमा विकास त भइरहेको छैन ? भन्ने प्रश्‍न खडा गरिदिएको छ । सूचना बंग्याएर उयकत गर्ने, अस्लिल गाली गर्ने, तस्बीरहरु बिगारेर उयकत गर्ने, गलत सूचनाहरु प्रवाह र कजबचभ गर्ने, व्यक्‍तिगत चरित्र हत्या गर्ने जस्ता कार्यहरु आजको सभ्य समाजका लागि स्वागतयोग्य मान्‍न सकिँदैन।

२. गठबन्धन संस्कृतिको अभ्यास
लोकतान्त्रिक व्यवस्थामा एजेण्डाका आधारमा दलहरुले भाेट माग्नु र दलका प्रतिबध्दताका आधारमा नागरिकहरुले मतदान गर्नु नै लोकतान्त्रिक अभ्यास हो । तर नेपालमा गठबन्धन संस्कृतिको अभ्यासले दलका घोषणापत्रहरु केबल औपचारिकताका लागि देखाउने दस्तावेज मात्रै बनेका देखिन्छन् । दलभन्दा पनि व्यक्‍ति जित्‍ने गलत प्रबृतिको विकास भइरहेको छ । जसले गर्दा नागरिकहरुलाई आफ्नो मन परेको दललाई मतदान गर्न पाउने अधिकारबाट बन्चित गरिदिएको छ ।

३. चुनावमा हुने खर्चको अपारदर्शिता
चुनावमा हुने खर्चको अपारदर्शिता नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष हो । राजनीतिक दलका केही नेताहरुले सार्वजनिक मञ्‍जमै चुनावमा करोडौँ गर्च भएको तथ्य बताउने गरेका छन्। नेपालको राजनीतिमा यसले जरा गाडेर बसेको छ। जसले लोकतन्त्रको उपहास गरिरहेको छ। अपारदर्शी चुनावी खर्चले राजनीतिलाई विकृत बनाइरहेको छ। अपारदर्शी राजनीतिले लोकतन्त्रलाई बलियो बनाउन सक्‍तैन ।

४. दोषारोपनको राजनीति
नेपाली राजनीतिमा अर्को जरा गाडेर बसेको पक्ष हो ‘दोषारोपनको राजनीति’ । आफ्ना एजेण्डा जनतालाई बुझाउनु भन्दा पनि अर्को दललाई दोषारोपन गर्ने अभ्यास नेपालका प्रमुख राजनीतिक दलहरुको परिचय नै बनिसकेको छ । आफूलाई नयाँ बैकल्पिक शक्‍तिका रुपमा वकालत गर्ने नयाँ दलहरुले पनि सोही प्रबृतिको सिको गरेको देखिन्छ।

५. लोकप्रियताको राजनीति
राजनीति एउटा गम्भिर विषय हो।तर यहाँ सस्तो लोकप्रियताको राजनीति हावी देखिन्छ। सस्तो लोकप्रियताका लागि नेताहरु चर्को भाषण गर्ने, मिडियामा चर्को अन्तरवार्ता दिने गर्छन्। चर्चामा आउन नेताहरु जे पनि बोल्दै हिड्ने गरेको देखिन्छ। नागरिकता जस्तो संबेदनशील विषयमा राष्ट्रिय सहमति गर्नुको सट्टा राजनीति गर्नु यसकै परिणाम हो। यस्तो राजनीतिले देशका समस्याहरु समाधान गर्न सक्‍तैन।

६. वैदेशिक रोजगारीमा रहेका मतदातालाई समेट्न नसक्नु
५० लाखभन्दा बढी मतदाताहरु वैदेशिक रोजगारीका लागि विदेशमा कार्यरत छन्। वैदेशिक रोजगारीमा रहेका मतदातालाई मतदान गर्ने व्यवस्थाका लागि आवाज उठेको लामो समय भए पनि यसले सार्थकता नपाउनु दुखद पक्ष हो। लोकतन्त्रको सुधृढिकरणका लागि वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुलाई मतदान प्रक्रियामा सहभागी गराउनु अनिवार्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *