नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलबाट चार किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

1.55K
shares

काठमाडौं: त्रिभुवन विभानस्थल प्रहरीले करिब चार किलो ११ सय ग्राम सुन बरामद भएको छ । सुनसँगै दुई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिएका छन् ।

सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो । सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए ।