• २०८१ मङ्सिर ९ गते आइतवार

काठमाडौँ । विश्वकप फुटबल २०२२ को उपाधि ३६ वर्षपछि अर्जेन्टिनाले जितेको छ । कतारको लुसेल स्टेडियममा भएको खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछिको खेल १-१ गोल थपी ३-३ को बराबरीमा सकिएपछि अर्जेन्टिनाले फ्रन्समाथि टाइब्रेकरमा ४-२ गोलान्रले पछी गर्दै तेस्रो पटक विश्वकप जित्न सफल भएको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि हात पारेको थियो ।

फ्रान्स तेस्रो पटक उपाधि जित्न सकेन । यस अघि सन् १९९८ र २०१८ मा फ्रान्सले विश्वकप ट्रफी उचालेको थियो ।

आइतबार राति लुसिल स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले उपाधि हात पार्न सफल भयो । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए ।

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न असफल भए । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरियो ।

अर्जेन्टिनाले सुरुआतीमा अग्रता दिँदै खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गरी अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३६औं मिनेटमा एन्जल डी मारियाले थप गोल गरी फ्रान्सलाई २-० गोलको अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फ्रान्सका केलियन एमबाप्पेले चमत्कारी खेल प्रदर्शन गर्दै ८०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।

अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो, जसमा एमबाप्पेले सहज गोल गरेका थिए ।

लगत्तै खेलको ८१औं मिनेटमा एमबाप्पेले पुनः दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याउन सफल भए । अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरी ३-३ को बराबरी बनाउँदा खेल रोचक र आकर्षक बनेको थियो ।

अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । दुबै टोलीले थप गोल गर्न नसकेका कारण खेल पेनाल्टीमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *