काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

डा. डिल्लीरमण रेग्मीको ११० औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न

1.11K
shares

आर्टिकल्स पेपर, काठमाडौँ । डा. डिल्लीरमण रेग्मीको ११० औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लाजिम्पाट स्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष श्री प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्य हुनुहुन्थ्यो भने विशेष अतिथिहरु प्रा.डा. विणा पौडेल, डा. तुलसीप्रसाद भट्टराई र दीपक शर्माल हुनुहुन्थ्यो भने विभिन्न क्षेत्रमा आवद्ध बौद्धिक व्यक्तित्व लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

डा. रेग्मीको ११० औँ जन्मजयन्ती कार्यक्रममा डा. डिल्लीरमण रेग्मी बालोपयोगी जीवनी पुस्तक सार्वजनिक गरिएको थियो भने डा. रेग्मीका बारेमा तयार पारिएको वृत्तचित्र पनि देखाइएको थियो ।

डा. रेग्मी चित्रकला, मूर्तिकला नेपाली कला संस्कृतिसँग उहाँको रुचि रहेको र कला संस्कृति, भाषा, साहित्यका बारेमा डा. रेग्मीका पुस्तकहरु अध्ययन गर्दा खुसी लागेको र डा. रेग्मी राजनीतिक विषयलगायत कला, संस्कृति, भाषा, साहित्यमा ठूलो योगदान रहेको कार्यक्रमका प्रमुख अतिथि तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यले चर्चा गर्नुभयो ।

यसैगरी विशेष अतिथि प्रा.डा. विणा पौडेलले– डा. रेग्मी राजनीतिक व्यक्तित्व भएकाले भारतमा बसेर पनि नेपालको राणाशासनलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरामा उहाँको ठूलो योगदान रहनुका साथै शान्तिप्रेमी डा. रेग्मी भाषा, साहित्य र कलामा पनि उत्तिकै क्षमतावान रहनुभएको बताउनुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा पूर्व अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईले– डा. डिल्लीरमण रेग्मी राजनीतिकका साथै कला, भाषा साहित्य, दर्शन, इतिहास लगायतका विषयमा शान्तिप्रेमी डा. रेग्मीको ठूलो योगदान गरेको बताउनुभयो ।

यस्तै वोर्डका सदस्य एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्री दीपक शर्माले– डा. डिल्लीरमण रेग्मी बहुआयामीक व्यक्तिव हुनुहुन्छ । उहाँबाट राजनीतिक, बौद्धिक, भाषा, साहित्य, कला लगायतका धेरै विषयमा ज्ञान आर्जन गर्न सक्छौ भन्दै डा. रेग्मीले दिनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष श्री प्रा.डा. ध्रुवकुमार घिमिरेले– डा. रेग्मी देशको माटो सम्झनेका कारण अमर बनेका व्यक्तित्व मध्ये एक व्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँको राजनीतिकका साथै भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको सभाहलमा भएको उक्त कार्यक्रममा डा. डिल्लीरमण रेग्मीका बारेमा लेखिएका पुस्तकहरु प्रदर्शनमा राखिएका थिए । पुस्तकालय प्रमुख श्री भोलाकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।