आर्टिकल्स पेपर, काठमाडौँ । संसारका लगभग सबै संस्कृतिमा सूर्य उपासनाको महत्वपूर्ण स्थान रहि आएको...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख...

पुरा पढ्नुहाेस्

सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

एनपीएल: चितवनकाे दाेस्राे क्वालिफायरमा सुदूरपश्चिमसँगकाे भेट पक्का,काठमाडौं आउट

952
shares

काठमाडौं । चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे।

चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ।

जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३ रनमा राेकियाे। जसमा विल बसिस्टाेले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४, उसामा मिरले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायाे । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बाेपराले ५३ रन जाेडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।