काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नगरपालिका सङ्घको महाधिवेशन सम्पन्नः अध्यक्षमा भीम ढुङ्गाना

1.03K
shares

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाल नगरपालिका सङ्घको अध्यक्षमा धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना निर्वाचित हुनुभएको छ ।

संघको आठौं महाधिवेशनले नेपाली कांग्रेसबाट निर्वाचित ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।

यस्तै महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनुभएको छ, उहाँ नेकपा एमालेका तर्फबाट हुनुहुन्छ ।

यस्तै संघले उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन गरेको छ ।

त्यसै गरी कोषाध्यक्षमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई चयन हुनुभएको छ, उहाँ नेपाली कांग्रेसबाट हुनुहुन्छ । यसैगरी सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा चयन हुनुभएको छ । उहाँ एकीकृत समाजवादीको तर्फबाट हुनुहुन्छ ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्याअनुसार संघको भागवण्डा भएको हो ।