काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

बेलायती महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली !

1.47K
shares

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार (८ सेप्टेम्बर २०२२) निधन भयो । एलिजाबेथ द्वितीय बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति बनेकी छन् ।

एलिजाबेथ द्वितीयका पिता राजा जर्ज छैटौंको सन् १९५२ निधन भएपछि एलिजाबेथ द्वितीयले राजमुकुट पहिरिएकी हुन् । त्यतिबेला महारानी एलिजाबेथ २५ वर्षकी थिइन् । त्यसपछि महारानी एलिजाबेथ ७० वर्ष पदमा आसीन भइन् । त्यतिबेला भर्खरै दोस्रो विश्वयुद्ध सकिएको थियो । उनको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने ।

महारानी एलिजाबेथ द्वितीयको पूरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर हो भने उनको जन्म २१ अप्रिल १९२६ मा लन्डनको मेफेयरमा भएको थियो ।

महारानी एलिजाबेथ द्वितीयको पूरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर हो भने उनको जन्म २१ अप्रिल १९२६ मा लन्डनको मेफेयरमा भएको थियो । सन् १९३६ डिसेम्बरमा तत्कालीन उत्तराधिकारी तथा एलिजाबेथको ठूलोबुबा एडवर्ड आठौँले राजगद्दीको दाबी त्यागेपछि उनका पिता जर्ज छैटौँ राजा बने । उनका पिता राजा हुँदा उनी १० वर्षकी थिइन् ।

महारानी एलिजाबेथ द्वितीयको सन् १९४७ मा ग्रिसका युवराज फिलिपसँग विवाह भयो । उनीहरूका चार छोराछोरी, आठ नातिनातिना र १२ जना पनातिपनातिना छन् । जसमध्ये अहिले राजा बनेका चार्ल्स जेठो हुन् भने उनीपछि क्रमशः राजकुमारी एनी, राजकुमार एन्ड्र्यु र राजकुमार एडवर्ड छन् ।

स्वर्गीय बेलायती महारानी एलिजाबेथ द्वितीयप्रति हार्दिक श्रद्धाञ्जली !