नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

एन.बी. अन्जानको गजलसङ्ग्रह “मौसम” सार्वजनिक

1.74K
shares

काठमाडाैँ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ ।
कामठमाडौँको डिल्लीबजारस्थित सर्वनाम थिएटरमा भाद्र १८ गते, शनिबारका दिन आयोजित ‘ग्रय्याण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको ।

कवि तथा साहित्यकार बाबु त्रिपाठीको प्रस्तुतिमा सञ्चालित महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।

गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्छन्, गजल लेख्छन् । चुपचाप साधनामा रहनु, हल्लाभन्दा बाहिर बस्नु गजलकार अन्जानको विशेषता हो । रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुन् ।

यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले गरेको हो भने यसको मूल्य रु.२५० रहेको छ ।