काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

एन.बी. अन्जानको गजलसङ्ग्रह “मौसम” सार्वजनिक

1.44K
shares

काठमाडाैँ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ ।
कामठमाडौँको डिल्लीबजारस्थित सर्वनाम थिएटरमा भाद्र १८ गते, शनिबारका दिन आयोजित ‘ग्रय्याण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको ।

कवि तथा साहित्यकार बाबु त्रिपाठीको प्रस्तुतिमा सञ्चालित महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।

गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्छन्, गजल लेख्छन् । चुपचाप साधनामा रहनु, हल्लाभन्दा बाहिर बस्नु गजलकार अन्जानको विशेषता हो । रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुन् ।

यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले गरेको हो भने यसको मूल्य रु.२५० रहेको छ ।