आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

1.79K
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताउनुभएकाे छ ।

शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताउनुभयाे।

उहाँले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उहाँहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयाे ।

‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन। उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौं। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु,’ पौडेलले भन्नुभयाे ।

उहाँले पछिल्लो राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै सिंहदरबार जलाउनेहरूकै हातमा अहिले सत्ता पुगेको बताउनुभयाे। आन्दोलन र हिंसाको माध्यमबाट सत्तामा पुग्ने प्रवृत्तिले मुलुकलाई थप संकटतर्फ लैजाने उहाँको भनाइ थियो।

‘आज त सिंहदरबार जलाउनेहरूको हातमा सत्ता छ । अब जलाउँदै हिँड्ने? अस्ति झन्डै तराईबाट नै त्यस्तै अवस्था आइसकेको थियो । आगो लगाएपछि त कसैले निभाउन नपर्ने रहेछ । देशमा आगो लगाउन त सिकाइएको छ नि,’ उहाँले भन्नुभयाे ।

पौडेलले विगतमा कसले आगो लगायो भन्ने प्रश्न गर्दै आगजनी र हिंसाबाट सत्तामा पुगेकाहरूले अहिले त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्न गर्नुभयाे ।

‘हिजो को–कसले आगो लगाउनुभयो, आगो लगाएर सत्तामा पुग्नुभयो । अब निभाउन सक्नुहुन्छ, कसैलाई केही भन्न सक्नुहुन्छ?’ उहाँले प्रश्न गर्नुभयाे ।

उहाँले अतिवादलाई परास्त गर्ने बाटो निर्वाचन नै भएको उल्लेख गर्दै सिंहदरबारमा आगजनी नभएको भए पनि निर्वाचन हुने र निर्वाचनमार्फत जनताले पुराना दललाई दण्ड दिने सम्भावना रहेको बताउनुभयाे।

उहाँले देशको अवस्था झनै बिग्रिँदै गएको भन्दै परिवर्तनको नाममा पुरानै गल्ती दोहोर्याउन नहुने बताउनुभयाे।

महामन्त्री पौडेलले नेपाली कांग्रेस देशमा सबैभन्दा धेरै सदस्य भएको र ती सदस्यलाई डिजिटल माध्यमबाट जोड्ने पार्टीका रूपमा विकास भइरहेको बताउनुभयाे ।

उहाँकाअनुसार कांग्रेसले अब पार्टीभित्र प्राथमिक निर्वाचन (प्राइमरी) को अभ्यास अघि बढाउने तयारी गरेको छ । वडा अध्यक्षको उम्मेदवार चयनमा सम्बन्धित वडाका क्रियाशील सदस्यले मतदान गर्न पाउने र डिजिटल माध्यमबाट समेत मतदान गर्न सकिने उहाँले बताउनुभयाे ।