आर्टिकल्स पेपर, काठमाडौँ । मधुमेह एक विश्वव्यापी रूपमा फैलिएको दीर्घकालीन रोग हो । संसारभर...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । हुलाक सेवा राज्यको एउटा यस्तो आधारभूत र ऐतिहासिक संरचना हो...

पुरा पढ्नुहाेस्

नेपाल सरकार र एडीबीबीच दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

721
shares

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे हाे ।

सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना’का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन हुनेछ। उक्त रकम स्थानीय तहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

त्यसैगरी ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा लजिस्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम २’ अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। यो रकम भन्सार कार्यप्रक्रिया तथा लजिस्टिक्स सेवाको आधुनिकीकरणका लागि गरिएका सुधारबापत बजेटरी सहयोगका रूपमा परिचालन गरिनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एडीबीले पु¥याउँदै आएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे।

एडीबीका अध्यक्ष कान्डाले नेपालसँग रहेको करिब छ दशक लामो सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै नेपालको बाह्य तथा आन्तरिक चुनौतीहरूको सामना गर्न बैंक सधैं सहयोगी रहने बताउनुभयाे । उहाँले नेपालको विकास प्राथमिकता र एडीबीको सहयोगबीच घनिष्ठ तालमेल रहेको पनि उल्लेख गर्नुभयाे।

कार्यक्रममा नेपाल सरकार तथा एडीबीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।