चिरञ्जीवी नेपाल ।  नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताकाे विषयले यतिबेला कांग्रेसको आन्तरिक...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

“डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार–२०८२” वितरण, ४ जना पुरस्कृत

3.88K
shares

काठमाडौँ । डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार–२०८२ वितरण गरिएको छ ।

विहिबार लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय विकास समितिको सभाहलमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार वितरण गरिएको हो ।

डा. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय अध्यक्ष प्रा.डा. विणा पौडेलको अध्यक्षतामा भएको उक्त समारोहको प्रमुख अथिति पुरातत्व विभाग, महानिर्देशक श्री सौभाग्य प्रधानाङ्ग रहनु भएको थियो ।

प्रमुख अतिथि महानिर्देशक श्री सौभाग्य प्रधानाङ्ग र सभाध्यक्ष प्रा.डा. विणा पौडेलले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने पुस्तकालय विकास समिति सदस्य गणेशप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार–२०८२ पाउनुहुनेहरुमा परशुराम सापकोटा, भिमबहादुर राना, सविना लिम्बू र बद्री आचार्य हुनुहुन्छ । उहाँहरुलाई जनही दश हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगद पुरस्कारसहित प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, “डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार–२०८२ अन्तर्गत यस डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा सङ्ग्रहित पुराना मुद्रा, मूर्ति, डा. रेग्मीले प्राप्त गरेका प्रमाण पत्र तथा अन्य आर्टिफेक्टहरुको वैज्ञानिक व्यवस्थापन तथा सूचिकरण गर्नको निमित्त तपाई श्री ……… ज्यूले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै स–धन्यवाद यो प्रमाण–पत्र प्रदान गरिएको छ ।”

त्यसैगरी पुस्तकालयमा सङ्ग्रहित पुराना मुद्रा, मूर्ति, डा. रेग्मीले प्राप्त गरेका प्रमाण पत्र तथा अन्य आर्टिफेक्टहरुको वैज्ञानिक व्यवस्थापन तथा सूचिकरण गर्नको निमित्त प्राविधिक सहयोग गरेवापत राष्ट्रिय सङ्ग्रहालय, छाउनी र त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, कीर्तिपुरलाई प्रशंसापत्र प्रदान गर्नुका साथै कार्यक्रमका प्रमुख अतिथि सौभाग्य प्रधानाङ्गलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन डम्बर मगरले गर्नुभएको थियो ।