चिरञ्जीवी नेपाल ।  नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताकाे विषयले यतिबेला कांग्रेसको आन्तरिक...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

कर्णाली राजमार्गमा दुर्घटना : बेपत्ता गाडी र यात्रुको खोजीका लागि गोताखोर परिचालन

1.63K
shares

काठमाडौं । दैलेखकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ ।

बेपत्ता यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो साढे १ बजे ६ जना गोताखोरसहितको थप टोली परिचालन गरिएको हो।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट अन्दाजी ६र७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

बिहान साढे ११ बजे दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।

नदीमा डुबेको गाडी र अन्य बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।