काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

सञ्चारमन्त्रीको निर्देशन : कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्नु

686
shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन्, ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेटसमेत अपेक्षाअनुसार खर्च हुन नसकेको उल्लेख गर्दै उनले त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकताभन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रसेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले अन्तरनिकाय समन्वय र सहकार्यको अभावका कारण कतिपय कार्यक्रम प्रभावित भएको उल्लेख गर्नुभयो । सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकको घरदैलोमै सेवा पु¥याउने लक्ष्यसहित काम गरिरहेको भए पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।