नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

२०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको निर्णय

4.15K
shares

काडमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलबार पुनः पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो । पदभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णयसमेत गर्नुभएको छ ।

मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उहाँले २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताउनुभएको हो । गुरुङ गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै उहाँको आगामी कार्यकाल र मन्त्रालयका प्राथमिकताप्रति राजनीतिक वृत्तमा चासो बढेको छ।