काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

3.09K
shares

काठमाडाैँ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन रोकिएको जनाइएको छ ।

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ । सुरक्षाका लागि यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

गत वर्ष आएको बाढीले बगाएको बीपी राजमार्गको रोशी खण्डमा क्षति पुगेको छ । सो स्थानमा सडक निर्माण नहुँदा खोलाबाट नै सडक सञ्चालन गरिएको छ । खोलामा सानो बाढी आउने बित्तिकै सडक रोकिने गरेको छ ।