काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

गृहमा गुरुङ र विज्ञान, प्रविधि मन्त्रीमा पुनको नाम सिफारिस

2.07K
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिनुभएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गरेको छ ।

त्यसैगरी प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गर्नुभएको छ ।

नव नियुक्त मन्त्रीहरुबाट आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।