नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

चैत २२ गते हुने सभामुख निर्वाचनका लागि डीपी अर्यालद्वारा मनोनयन दर्ता

1.58K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ । उपसभामुखको लागि अहिले छलफल गरेका छैनौं । यो सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ । अहिले सभामुखमै केन्द्रित छौं ।’

उहाँको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ । सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।