काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

एमाले अध्यक्ष ओलीलाई थुनामुक्त गर्न सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

1.09K
shares

काठमाडौं । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।

ओलीकी पत्नी राधिका शाक्यका तर्फबाट दायर उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
रिटमा गौरी बहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी रहेको जिकिर गरिएको छ ।

कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ पर्नुभएको थियो ।