काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

पश्चिम एसियाको तनावप्रति परराष्ट्र मन्त्रालयको चासो, ८० हजार नेपालीको सुरक्षाका लागि विवरण संकलन

805
shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकार वा मन्त्री परिवर्तन भए पनि नेपालको परराष्ट्र नीतिमा कुनै फेरबदल नहुने बताउनुभएको छ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको परराष्ट्र नीति संविधानमै आधारित रहेको र असंलग्न नीतिलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो।

पश्चिम एसियामा देखिएको तनावबारे उहाँले त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको र आवश्यक परे सुरक्षाका लागि थप कदम चालिने बताउनुभयो । इन्धन आपूर्ति र मूल्यमा पर्न सक्ने असरबारे पनि अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।

मन्त्री खनालले शान्ति, सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहल अघि बढाइने बताउनुभयो । साथै, कन्सुलर सेवा डिजिटल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गर्दै सेवा प्रवाह सहज बनाउने घोषणा गर्नुभएको छ ।

उहाँले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो ।